images
images
  • पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपात : पर्वतारोही, कृषक र पर्यटकलाई सतर्क रहन आग्रह

    काठमाडौं– हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ ।

    सो प्रभावका कारण देशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बुधबार दिउँसो र राति समेत हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

    बाँकी भू–भागमा भने मौसम मुख्यतः सफा रहने छ ।

    हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रहरूमा साधारण बदली रहँदा तराई र उपत्यकाका केही स्थानहरूमा हुस्सु लागेको छ ।

    महाशाखाले आज जारी गरेको चेतावनी तथा परामर्शमा पर्वतारोहण, कृषि तथा पर्यटन गतिविधि भएका क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images