images
images
  • रविलाई सिंहदरबार ल्याइँदै, प्रधानमन्त्री नियुक्ति गर्न हो ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज दिउँसो १ बजे सिंहदरबारस्थित छानबिन आयोगमा बयानका लागि बोलाइएको छ ।

    विशेष स्रोतका अनुसार जेन्जी आन्दोलन सम्बन्धी छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले नख्खु प्रकरणबारे लामिछानेलाई बयान गर्न बोलाएको हो ।

    गत भदौ २४ मा नख्खु जेलबाट उनको छुटाइँबारे सार्वजनिक प्रश्न उठेपछि आयोगले यसअघि जेल प्रशासनसँग पनि सोधपुछ गरिसकेको छ ।

    सरकारले २३ र २४ भदौमा भएको जेन्जी आन्दोलनबारे अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारीसहित उक्त आयोग गठन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images