काठमाडौं– उत्तर कोरियाले ‘पूर्वाधार पुनर्निर्माण’का नाममा सेप्टेम्बरदेखि करिब पाँच हजार निर्माण सेना रूस पठाएको खुलासा भएको छ ।
दक्षिण कोरियाली सांसद ली सियोङ–क्वेनले सियोलको गुप्तचर निकायको रिपोर्ट उद्धृत गर्दै ती सैनिकहरूलाई क्रमशः रुस पठाइएको र थप तैनाथीका लागि तयारी भइरहेको बताएका छन् ।
रिपोर्टअनुसार हाल रूस–युक्रेन सीमाक्षेत्रमा करिब १० हजार उत्तर कोरियाली सैनिक तैनाथ छन् ।
युद्धमा कम्तीमा ६०० सैनिक मारिएका र हजारौं घाइते भएका दक्षिण कोरियाको दाबी छ ।
विश्लेषकहरूका अनुसार उत्तर कोरियाले सेनाको सहयोगको सट्टामा रूसबाट आर्थिक सहायता, सैन्य प्रविधि, खाद्यान्न र ऊर्जा आपूर्ति प्राप्त गरिरहेको छ ।
जसले उसलाई अन्तर्राष्ट्रिय प्रतिबन्धबीच आर्थिक राहत दिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 

















