काठमाडौं– नेकपा (एकीकृत समाजवादी) भित्र असन्तुष्टि चर्किएको छ ।
माओवादी केन्द्रसहितका नौ वाम घटकबीच आज दिउँसो हुने एकता घोषणाअघि पार्टीभित्रको एक समूह उक्त प्रक्रियाबाट अलग भएको छ ।
स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीको नेतृत्वमा रहेको समूहले आज बिहान १० बजे बबरमहलस्थित होटल बसेरामा पत्रकार सम्मेलन गर्ने भएको छ ।
झाँक्रीले जारी गरेको विज्ञप्तिमा सैद्धान्तिक र वैचारिक रूपमा मिल्ने राजनीतिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने आवश्यकता स्वीकार गरिए पनि हालको एकता प्रक्रिया अपेक्षाकृत निष्कर्षमा नपुगेको उल्लेख छ ।
उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्दै विकास र समृद्धिको मार्गमा अघि बढ्न नयाँ बाटोबारे विचार–विमर्श गर्न सम्मेलन बोलाइएको बताएकी छन् ।
यसका साथै स्रोतका अनुसार झाँक्रीले एमालेमा प्रवेशमा लागि पत्रकार सम्मेलन गर्न लागेको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























