images
images
  • राप्रपा र राप्रपा नेपालबीच एकताका लागि छलफलमा अध्यक्षद्वय लिङ्देन–थापाका प्रतिनिधिहरू

    काठमाडौं– समान विचारका राजनीतिक दल र शक्तिसँग सहकार्य र एकताको पहल स्वरूप राप्रपा नेपालले औपचारिक रूपमा वार्ता प्रक्रिया थालेको छ ।

    वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठन भएको वार्ता समितिले मंगलबार ललितपुरको लामाटारस्थित निवासमा पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग एकताको प्रस्ताव राखेको हो ।

    वार्ता समितिका सदस्य तथा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार भेटघाट सकारात्मक वातावरणमा सम्पन्न भयो ।

    मुलुकको पछिल्लो राजनीतिक परिस्थिती र ध्रुवीकरणको पृष्ठभूमिमा समान विचारधाराका शक्तिबीच सहकार्य र एकताको आवश्यकता बारे विस्तृत छलफल भएको उनले बताए ।

    ‘लिङ्देनज्यूले प्रस्तावलाई सकारात्मक रुपमा लिनुभएको छ,’ बर्तौलाले भने, ‘उहाँले पार्टीभित्र छलफल गरी छिट्टै पुनः वार्तामा बस्ने जवाफ दिनुभएको छ ।’

    भेटमा राप्रपा नेपालतर्फबाट संयोजक पराजुली, सदस्य तेज कुरुङवाङ र राजाराम बर्तौला सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस्

    images