काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका पेश गरेका छन् ।
उनले मंसिर १० गतेसम्म क्रियाशील नवीकरण र वितरण, मंसिर २७ गते वडा अधिवेशन, पुस ५ गते क्षेत्रीय अधिवेशन र पुस १६–१९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका हुन् ।
कांग्रेसभित्र महाधिवेशन फागुन २१ को निर्वाचनअघि वा पछि गर्ने भन्ने विषयमा मतभेद छ ।
सभापति शेरबहादुर देउवासहितको समूह वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने थापा पक्षले निर्धारित समयमा गर्नुपर्ने अडान लिएको छ ।
थापा पक्षधर महाधिवेशन प्रतिनिधिहरूले ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको माग बुझाइसकेका छन् ।
आज नयाँ बानेश्वरमा भएको भेलाले पनि नियमित महाधिवेशन समयमै हुन नसके तत्काल विशेष महाधिवेशन आह्वान गर्न आग्रह गरेको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्