काठमाडौं– नेकपा (माओवादी केन्द्र)सहित नौ दलबीचको एकता घोषणा बुधवार बिहान ११ बजे भृकुटीमण्डपमा हुने भएको छ ।
माओवादी नेता अग्नि सापकोटाले यसअघि सहमति पत्रमा हस्ताक्षर गरिसकेका दलहरूबीच औपचारिक एकता कार्यक्रम तय भएको जानकारी दिए ।
उनका अनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहनेछ ।
सापकोटाले नयाँ पार्टी जनताको चाहनाअनुसार नीति–कार्यक्रम अघि बढाउने दाबी गर्दै भने, “अब देश समृद्धिको दिशामा अघि बढ्ने विश्वास गरेका छौं ।”
माओवादी सिद्धान्त तत्कालका लागि छाडिए पनि माओका विचारबारे सजीव छलफल गरेर पुनर्स्थापना हुन सक्ने उनले बताए ।
“अहिले एकता अपरिहार्य भएकाले माओवादी सिद्धान्तलाई स्थगित गरिएको हो,” सापकोटाले भने ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्