images
images
  • माओवादी फुट्यो, जनार्दनले गरे प्रगतिशील अभियानको घोषणा

    काठमाडौं– माओवादी केन्द्रका नेता जनार्दन शर्माले जेनजी आन्दोलनका माग र भावना विपरीत भएकाले आफूहरू वाम एकता प्रक्रियामा सहभागी हुन नसकेको बताएका छन् ।

    नेकपा (एस) र अन्य साना दलहरूसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी त्यागेका शर्माले पत्रकार सम्मेलनमार्फत एकताको नाममा घृणा फैलाउने काम भइरहेको आरोप लगाए ।

    शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक नयाँ राजनीतिक अभियानको घोषणा गर्दै भने, “हाम्रो कमजोरी स्वीकार गर्दै नयाँ बाटोबाट अघि बढ्छौं ।”

    उनले विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनतर्फ अघि बढाउने वैचारिक र राजनीतिक प्रयास सुरु भएको बताए ।

    प्रतिक्रिया दिनुहोस्

    images