images
images
  • जनार्दन शर्मा पत्रकार सम्मेलन गर्दै, सुदन किराती नजाने

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) छाड्न लागेका नेता जनार्दन शर्माको मंगलबार हुने पत्रकार सम्मेलनमा उनका निकट सुदन किराती सहभागी नहुने भएका छन् ।

    किरातीले व्यक्तिगत कारणले कार्यक्रममा उपस्थित हुन नसक्ने बताए ।

    उनले भने, ‘जनार्दन दाइले उठाउनुभएको मुद्दा मेरो पनि हो, तर आज व्यक्तिगत कारणले म उपस्थित हुन सकिन ।’

    यता माओवादीका पूर्व सचिव राम कार्की भने शर्मासँगै पत्रकार सम्मेलनमा सहभागी हुने भएका छन् ।

    ‘आज केही अवधारणा सार्वजनिक गर्न लागेका छौं,’ कार्कीले भने, ‘म आज जान्छु, अरू साथीहरू पनि जोडिँदै हुनुहुन्छ ।’

    किरातीले असन्तुष्ट पक्षहरूबीच वार्ता भइरहेको जनाउँदै भने, ‘हामी कुनै हालतमा अहिले मिल्न लागेका दलहरूसँग जाँदैनौं । नयाँ सहमति र निचोड सबैको सल्लाहअनुसार निकाल्छौं ।’

    प्रतिक्रिया दिनुहोस्

    images