images
images
  • नेपाल–भारत सीमा बन्द

    काठमाडौं– विहार विधानसभा निर्वाचनको २ दिनअघि नै नेपाल भारत सीमाक्षेत्र बन्द गरिएको छ ।

    चुनावका बेला गडबडी फैलिने सूचनापछि सुरक्षा एजेन्सीले नेपाल-भारत बोर्डर हाइ अलर्टमा राखेको र ३ देखि ७ नम्बरको सीमा पूरै सील गरिएको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन् ।

    विहार विधान सभाको निर्वाचनका लागि नोभेम्बर ६ अर्थात बिहीबार मतदान हुँदैछ ।

    भारतको सबैभन्दा ठूलो प्रान्तमध्येको विहार चुनावले सिंगो देशको राजनीतिक उथलपुथल समेत गर्ने भएकाले अहिले भारतीय सत्ता राजनीतिका हस्तिहरू विहार केन्द्रित छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहु गान्धीले विहारमै डेरा जमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images