images
images
  • जनार्दन महाधिवेशन आयोजक समिति बैठकमा नजाने

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा नजाने भएका छन् ।

    मंगलबार (कात्तिक १८)का निम्ति आह्वान गरिएको समिति बैठकमा आफू नजाने उनले बताएका हुन् ।

    उनी उक्त सचिवालय सदस्य हुन् ।

    साना दलसँग एकता गरेर माओवादी महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नै विसर्जन गर्न खोजेको उनको आरोप छ ।

    प्रचण्डले मंसिरका निम्ति तय पार्टीको महाधिवेशन समेत छल्न खोजेका उनको भनाइ छ ।

    काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको भवनमा महाधिवेशन आयोजक समितिको बैठक बस्दै छ ।

    बैठकबाट अरू पार्टीसँगको एकता प्रस्ताव अनुमोदन गरिने माओवादीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images