काठमाडौं– भक्तपुरमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का २१ वर्षीय सन्तोष भुजेल छन् ।
१३ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ ।
सोमबार (कात्तिक १७) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
सन्तोषले ती बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























