images
images
  • राप्रपा राणा गुटको छुट्टै भेला

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले आफ्नो पक्षको बैठक बोलाएका छन् ।

    राणाले राप्रपाका असन्तुष्ट नेताहरुको बैठक बोलाएका हुन् ।

    अपराह्न साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बस्ने गरी बैठक बोलाइएको हो ।

    राणानिकट एक केन्द्रीय सदस्यका अनुसार आसन्न केन्द्रीय समिति बैठकमा समूहको धारणा तय गर्नका लागि बैठक बोलाइएको हो ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कात्तिक २७ र २८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images