images
images
  • सुनको मूल्यमा भारी गिरावट (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा मंगलबार (कात्तिक १८) सुनको मूल्य घटेको छ ।

    सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३८ हजार ३०० रुपैयाँ कायम छ ।

    सोमबार (कात्तिक १७) छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ ।

    चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

    सोमबार चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images