images
images
  • जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिँदै

    काठमाडौं– सरकारले जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिने भएको छ ।

    आयोग स्रोतका अनुसार भरसक आजै रास्वपा सभापति लामिछानेसँग बयान लिइनेछ ।

    सहकारी बचत रकम अपलचन मुद्दामा लामिछाने पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।

    भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा लामिछाने जेलबाट निस्केका थिए ।

    केही समयपछि लामिछाने फेरि नख्खु कारागार फर्केका थिए ।

    पूर्वन्यायाधीश कार्की अध्यक्षतामा रहेको जाँचबुझ आयोगले लामिछानेसँग बयान लिन लागेको हो ।

    उक्त आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग, कारागारमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीहरूसँग घटनाकेन्द्रित बयानसमेत लिइसकेको छ ।

    त्यसैले अब लामिछानेसँग पनि बयानको तयारी भएको आयोग स्रोतको भनाइ छ ।

    भदौ २४ गते जेलबाट निस्कँदा लामिछानेले कारागारले आफूलाई पत्रसमेत दिएको बताएका थिए ।

    तर बयानका क्रममा नख्खु कारागार प्रमुख जोशीले उक्त पत्र लामिछानेलाई आफूले नदिएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images