images
images
  • आज सार्वजनिक बिदा

    गुल्मी– बैकुण्ठ चतुर्दशी अर्थात् मालिका पूर्णिमा पर्वको अवसरमा गुल्मीको मुसिकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    नगरपालिकाको वडानम्बर-५ को कुर्घामा मालिका देवीको दर्शन गरी चिच्चाएर वर माग्ने मेला सदीयौंदेखि लग्दै आएको छ ।

    मेलाको अवसरमा नगरपालिकाले आज मातहत रहेका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक निकायहरू बिदा दिने निर्णय गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश घिमिरेले बताए ।

    मालिका पूर्णिमा धार्मिक र सांस्कृतिक दृष्टिले विशेष महत्वको पर्व हो ।

    यस दिन मालिका देवीको मन्दिरमा पूजाअर्चना, व्रत तथा वली, दीपदान गर्ने परम्परा रहिआएको छ ।

    मालिकाको दर्शन गर्न गुल्मी तथा छिमेकी जिल्ला बाग्लुङ्ग र अर्घाखाँची लगायतका विभिन्न स्थानहरुबाट आज बिहानैदेखि शदालु भक्तजनहरु कुर्घा पुग्ने गरेका छन् ।

    मेलाको अवसरमा आज रातभर जागाराम बसेर भोलि बिहान उज्याले नहुँदै पूजा गर्ने प्रचल रहि आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images