images
images
  • पश्चिमी न्यूनचापीय प्रणालीले पश्चिम नेपालमा हल्का वर्षा गराउने सम्भावना

    काठमाडौं– मौसमविद् विनोद पोखरेलले मंगलबार अपराह्न पश्चिमी न्यूनचापीय प्रणालीले पश्चिम नेपालमा हल्का वर्षा गराउने सम्भावना देखिएको बताएका छन् ।

    पोखरेलका अनुसार उक्त प्रणाली त्यति बलियो देखिएको छैन ।

    ‘कमजोर पश्चिमी वायुले मंगलबार अपराह्न पश्चिम नेपालमा हल्का वर्षा गराउने देखिएको छ,’ उनले भनेका छन् ।

    उनले यो प्रणाली काठमाडौंसम्म आउने सम्भावना नदेखिएको बताएको छन् ।

    तथापि काठमाडौंमा बुधबारसम्म यो प्रणालीको असर देखिने र बादल लाग्ने सम्भावना रहेको उनले बताएका छन् ।

    बिहीबारबाट घमाइलो मौसम सुरू हुने उनले बताएका छन् ।

    हाल नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    मंगलबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ ।

    बाँकी भू–भागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना छ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

    मंगलबार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ ।

    बाँकी भू–भागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images