images
images
  • यात्रामा निस्किँदै हुनुहुन्छ ? अझै अवरूद्ध छन् यी सडक (सूचीसहित)

    काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न भागमा पहिरोले मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।

    कोशी, बागमती र गण्डकी प्रदेशका प्रमुख सडक खण्डमा यातायात ठप्प छन् ।

    कोशी प्रदेशमा सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ स्थित बरुणखोला नजिक कोशी राजमार्ग पूर्ण रूपमा बन्द छ ।

    धनकुटाको साँगुरीगढी–६ मा चारखोले नजिक कोशी लोकमार्ग एकतर्फी चलिरहेको छ ।

    बागमती प्रदेशमा रसुवाको गोसाईंकुण्ड–२ मा नेपाल–चीन जोड्ने पुल बाढीले अवरुद्ध गरेको छ ।

    गण्डकी प्रदेशमा मुस्ताङको वारागुङ मुक्ति क्षेत्र–३ स्थित कालाभीर नजिक जोमसोम–कोरोला सडक पूर्ण रूपमा रोकिएको छ ।

    घरपझोङ–४ मा पाण्डाखोला नजिक एकतर्फी यातायात सञ्चालनमा छ ।

    222 JVd81MTuBy

    प्रतिक्रिया दिनुहोस्
    images
    images