images
images
  • क्रेज घटेपछि पार्टी गठनबाट पछि हच्किए बालेन

    काठमाडौं– सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तोकेको छ ।

    यसैबीच काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) पनि चुनावी तयारीमा उत्रिने कि भन्ने चर्चा चुलिएको छ ।

    तर, बालेन स्वयंले राजनीतिक दल खोल्ने योजना नराखेको उनका निकटस्थहरूले बताएका छन् ।

    स्रोतका अनुसार बालेन मेयरको कार्यकाल पूरा गर्ने मुडमा छन् ।

    ‘उहाँमाथि दल खोल्ने दबाब भए पनि त्यस्तो कुनै छलफल वा तयारी भएको छैन,’ उनका निकट एक सदस्यले भने, ‘बालेनले आफ्नो कार्यकाल पूरा गरेर पुनः व्यक्तिगत काममा फर्कने सम्भावना बढी छ ।’

    बालेन अहिले सरकारी विद्यालय सुधार, स्वास्थ्य संस्थाको सेवा प्रभावकारिता र महानगरका विकास योजनामा केन्द्रित छन् ।

    २०७९ को स्थानीय निर्वाचनमा स्थापित दलहरूलाई हराउँदै स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका बालेनले ६१ हजार ७६७ मत पाएका थिए ।

    यसबीच हर्क साम्पाङले नयाँ दल घोषणा गरिसकेका छन् भने सहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङ पनि पार्टी खोल्ने तयारीमा रहेको चर्चा छ ।

    घिसिङको सम्भावित दललाई बालेनले समर्थन गर्नसक्ने अनुमान गरिए पनि उनको टिमले हालसम्म कुनै औपचारिक निर्णय नभएको स्पष्ट पारेको छ ।

    हाल बालेनको उपमेयर सुनिता डंगोलसँगको सम्बन्ध सुधारिएको छैन भने केन्द्रसँगको असहयोग र प्रशासकीय विवादले पनि ध्यान खिचेको छ ।

    हालै उनले सामाजिक सञ्जालमा गरेका विवादास्पद अभिव्यक्तिपछि आलोचना बढे पनि उनका निकटस्थका अनुसार बालेन त्यसबाट विचलित छैनन् ।

    ‘जनताको अपेक्षा धेरै छ, आलोचना–प्रशंसा त नेताको जीवनकै हिस्सा हो ।’

    बालेनले जेन्जी आन्दोलनलाई उक्साएको, सामाजिक सञ्जालमा अशिष्ट भाषा प्रयोग गर्दै कुटनीतिक मर्यादा विपरीत लेख्दै आएको भन्दै चर्को आलोचना भएको छ ।

    यसका साथै जेन्जी आन्दोलन यता उनको लोकप्रियता ह्वात्तै घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images