images
images
  • ८ दलीय एकता प्रस्ताव अनुमोदनका लागि माओवादी बैठक आह्वान

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ । बैठकले नेकपा (एकीकृत समाजवादी)सहित आठ दलसँगको एकता प्रस्ताव अनुमोदन गर्नेछ ।

    आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताले १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

    सहमतिमा नेकपाका महासचिव चिरन पुन, समाजवादी अध्यक्ष राजु कार्की, जनसमाजवादीका सुवासराज काफ्ले, नेपाल समाजवादीका महिन्द्रराय यादव, माओवादी समाजवादीका कर्णजित बुढाथोकी र साम्यवादीका प्रेमबहादुर सिंहले पनि हस्ताक्षर गरेका छन् ।

    एकीकृत दलले पाँच कुने तारा चुनाव चिन्ह चयन गरेका छन् भने दलको नाम अहिलेसम्म टुंगो लागिसकेको छैन ।

    सिद्धान्त मार्क्सवाद–लेलिनवाद रहने र आगामी छ महिनाभित्र एकता महाधिवेशन गर्ने उल्लेख सहमतिमा गरिएको छ ।

    उनीहरूले बुधबार एकता घोषणा गर्ने र बिहीबार संयुक्त केन्द्रीय समिति बैठक बस्ने तयारी गरेका छन्, जसको आकार करिब ८ सय सदस्य रहनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images