images
images
  • दोलखामा हिमपहिरोमा पुरिएर ३ जनाको मृत्यु, १२ जना बेपत्ता

    काठमाडौं– दोलखा हिमपहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।

    आज (सोमबार) बिहान ९ः३० बजे हिमपहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले जानकारी दिए ।

    यालुङ्ग्री हिमाल आरोहणका लागि गएका स्वदेशी तथा विदेशी १५ जनामध्ये तीन जनाको मृत्यु भएको आलेले बताए ।

    उनका अनुसार १२ जना हालसम्म बेपत्ता छन् ।

    हालसम्म मृतक र बेपत्ताहरूको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

    प्रहरीले बेपत्ताहरूको खोजीकार्य भइरहेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images