images
images
  • कुलमानले राजीनामा दिँदै : बालेन, सुमना र सागर मिलेर गठन गर्ने पार्टीको नेतृत्व सम्हाल्ने

    काठमाडौं– मन्त्री कुलमान घिसिङले राजीनामा दिने तयारी गरेका छन् ।

    सुशीला कार्की नेतृत्वको गैरदलीय सरकारमा भौतिक पूर्वाधार, शहरी विकास र ऊर्जाजस्ता तीन मन्त्रालय सम्हालिरहेका घिसिङ दल दर्ता गर्न पद त्याग गर्ने भएका हुन् ।

    निकट स्रोतका अनुसार घिसिङले काठमाडौंका मेयर बालेन शाहसहित नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी गरेका छन् ।

    गैरदलीय सरकारको सदस्य भएकाले दलमा आबद्ध हुनु नैतिक रूपमा असंगत हुने ठहरमा उनले राजीनामा दिएर मात्र निर्वाचन आयोगमा दल दर्ता गर्न लागेको बताइन्छ ।

    घिसिङ नेतृत्वको नयाँ दलमा रास्वपा छाडेकी सुमना श्रेष्ठ र सागर ढकाल पनि सहभागी हुने छन् ।

    फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचनका प्रयोजनका लागि दल दर्ताको अन्तिम मिति कात्तिक ३० रहेको छ ।

    नयाँ दललाई जेनजी पार्टीका रूपमा अघि बढाउने योजना बनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images