काठमाडौं– सेयर बजार परिसूचक नेप्से आज सामान्य घटेको छ ।
साताको दोस्रो दिन परिसूचक ८.२४ अंक घटेर २६२२.८९ विन्दुमा झरेको हो ।
आज बजारमा ६ अर्ब ५ करोड २२ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भयो ।
अघिल्लो दिन कारोबार रकम ९ अर्ब माथि थियो ।
बजारमा आज ७२ कम्पनीको मूल्य बढेको छ ।
१७२ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज दुई स्क्रिपमा सकारात्मक सर्किट लागेको छ ।
मुक्तिनाथ कृषि कम्पनी र एक्सेल डेभलपमेन्ट बैंकको सेयर सो लेभलमा बढेको हो ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ समूहको सूचक घटेको छ ।
हाइड्रो र जीवन बीमा समूहको सेयर १ प्रतिशत भन्दा धेरैले घटेको छ ।
अन्य सूचकको घटढ १ प्रतिशत भन्दा कम रह्यो ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रह्यो ।
सो कम्पनी ३७ करोड ६८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्