काठमाडौं– सरकारले २३ र २४ भदौको जेन्जी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई आज शहिद घोषणा गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज दिउँसो ३ बजे बस्ने बैठकको मुख्य एजेन्डा यही विषय हो ।
गृह मन्त्रालयले छानबिनपछि ४५ जनाको नाम सहिदका रूपमा सिफारिस गरिसकेको छ ।
आन्दोलनमा ७६ जनाको मृत्यु भए पनि केहीको शव अझै पहिचान हुन सकेको छैन ।
जेलबाट भाग्ने क्रममा मारिएका १० कैदीबन्दी भने सहिद सूचीमा परेका छैनन् ।
आन्दोलनका क्रममा तीन प्रहरीको पनि मृत्यु भएको थियो ।
यसअघि सरकारले शहिद घोषणा गर्ने नीतिगत निर्णय गरे पनि अब औपचारिक रूपमा निर्णय गरी राजपत्रमा प्रकाशन गर्न लागिएको हो ।
२३ भदौमा बानेश्वरमा भएको भ्रष्टाचारविरोधी प्रदर्शनमा गोली लागेर २३ जनाको मृत्यु भएको थियो ।
त्यसको भोलिपल्ट देशव्यापी आन्दोलन चर्किएपछि तत्कालीन केपी शर्मा ओली सरकार पदच्युत भएको थियो ।
त्यसको पर्सिपल्ट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको थियो ।
सरकारले जेन–जी आन्दोलनका सहिदहरूको सम्झनामा स्मारक पार्क निर्माण गर्ने घोषणा गरिसकेको ।
तर, स्थान अझै तय भएको छैन ।


विश्व खबर 


















प्रतिक्रिया दिनुहोस्