काठमाडौं– महाधिवेशनको विषयमा किचलो बढेपछि नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक स्थगित गर्दै सहमतिको खोजीका लागि कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
आइतबार सहमति नजुटेपछि सोमबार दिउँसो सिनियर नेताहरू सहभागी हुने बैठक ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा जारी छ ।
१५औं महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्ने विषयमा एक महिनादेखि टुंगो नलागेपछि पार्टी अलमलमा परेको छ ।
संस्थापन पक्ष फागुन २१ गतेको निर्वाचनपछि महाधिवेशन गर्ने पक्षमा छ भने महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइरालाको समूह भने महाधिवेशनपछि मात्रै निर्वाचनमा जानुपर्ने अडानमा छन् ।
महाधिवेशन समयमै नगरे ५४ प्रतिशत प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशनमा जानुपर्ने मत राख्दै उनीहरूले दबाब बढाएका छन् ।
यही विवादका कारण केन्द्रीय कार्यालयमा तालाबन्दी समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्























