काठमाडौं– नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहित नौ कम्युनिष्ट दलबीच एकता हुने भएको छ ।
यससँगै माओवादी केन्द्रले ३२ वर्षपछि ‘माओवाद’ त्यागी ‘मार्क्सवाद–लेनिनवाद’लाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगाल्ने निर्णय गरेको छ ।
अब पार्टीले हँसिया–हथौडाको प्रतीक फेरेर पाँचकुने तारा नयाँ चिन्हका रूपमा लिनेछ ।
एकीकृत पार्टीको नाम ‘नेकपा (समाजवादी)’ राख्ने सहमति भए पनि औपचारिक टुंगो आगामी १९ कात्तिकको ‘एकता राष्ट्रिय सम्मेलन’मा लाग्नेछ ।
सहमति अनुसार पार्टीको सिद्धान्त ‘मार्क्सवाद–लेनिनवाद’ र कार्यक्रम ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ हुनेछ ।
आन्दोलन शान्तिपूर्ण तर सडक, सदन र सरकार सबै मोर्चामा हुने बताइएको छ ।
संरचनागत रूपमा प्रचण्ड संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहनेछन्, यही प्रणाली सबै तहमा लागू गरिनेछ ।
तर, झलनाथ खनाल, घनश्याम भुसाल, जनार्दन शर्मा र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूह भने हाल एकता प्रक्रियामा सहभागी नहुने भएको छ ।























