images
images
  • एनआईसी एसिया बैंकको सीईओमा शाक्य नियुक्त

    काठमाडौं– नबिल बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीडीसीईओ) सुजितकुमार शाक्य एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन् ।

    सोमबार बसेको एनआईसी एसिया बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई चारवर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो ।

    शाक्यसँग आगामी ३० दिनभित्र बैंकमा कार्यभार सम्हाल्नुपर्ने गरी समझदारी भएको छ । तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले असोज १ गते राजीनामा दिएका थिए ।

    नबिल बैंकमा सिनियर डेपुटी सीईओ रहेका शाक्यले राजीनामा दिने तयारी गरेका छन् । उनी सन् २०२० मा नबिल भित्रिएका हुन् ।

    शाक्य बैंकिङ क्षेत्रको वित्तीय विश्लेषक हुन् । नेपाल श्रीलंका मर्चेन्ट बैंकबाट वित्तीय क्षेत्र प्रवेश गरेका उनले हिमालयन बैंकमा लक्ष्मी बैंकमा पनि काम गरिसकेका छन् ।

    उनले कर्पोरेट बैंकिङ, संस्था लायबलिटिको पनि अनुभव संगालिसकेका छन् । उनी एनआईसी एसिया बैंक, सिभिल बैंक, जनता बैंक, ग्लोबल आईएमई हुँदै नबिल बैंक प्रवेश गरेका हुन् ।

    बैंकिङ क्षेत्रमा उनको २८ वर्षभन्दा बढी अनुभव छ ।

    प्रतिक्रिया दिनुहोस्

    images