नवलपुर– नवलपरासी (बर्दघाट सुस्ता पूर्व) पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्डमा अवरोध जारी रहेकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
करिब १४ किलोमिटर लामो दाउन्ने सडकका विभिन्न स्थानहरू चिप्ला र उकालो भएका कारण सवारीसाधन फस्ने र यातायात अवरुद्ध हुने समस्या देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले सर्वसाधारणलाई सकेसम्म यी मार्ग प्रयोग नगर्न र वैकल्पिक मार्गहरू रोज्न अनुरोध गरेको छ ।
नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० जिल्ला प्रहरी कार्यालयका अनुसार, विगत पाँच दिनदेखि दाउन्नेमा ट्राफिक आवागमनमा कठिनाइ रहेको छ ।
प्रहरीले यात्रुहरूलाई यात्रा गर्नुअघि जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र दुम्किबास इलाका प्रहरी कार्यालयसँग समन्वय गर्न पनि सल्लाह दिएको छ ।
सडकको अवस्था कमजोर भएकाले यस क्षेत्रमा सवारी साधनको अत्यधिक भीडभाड भएको छ ।























