काठमाडौं– नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्दशत्र भृकुटीमण्डपमा गर्ने टुंगो लागेको छ ।
उद्घाटन सकेसम्म खुलामञ्चमा गर्ने तयारी रहेको महासचिव शंकर पोखरेलको सचिवालयले जनाएको छ ।
एमालेले २०७१ असार २५ देखि २७ गतेसम्म आयोजना गरेको नवौं महाधिवेशन पनि त्यहीँ सम्पन्न भएको थियो ।
उक्त महाधिवेशनबाटै केपी शर्मा ओली पहिलो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका थिए ।
११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा आयोजना गर्ने पूर्वनिर्णय सच्याउँदै शनिवार सम्पन्न सचिवालयको ५९ औँ बैठकले सोही मितिमा काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको थियो ।
काठमाडौंमा पार्टीको भव्य उपस्थिति देखाउन महाधिवेशनस्थल भृकुटीमण्डप रोजिएको पोखरेलको सचिवालयले बतायो ।
उद्घाटनका लागि खुलामञ्च रोजिएको छ ।
यद्यपि, पुननिर्माणकार्य भइरहेको कारण काठमाडौं महानगरपालिकाले उक्त स्थानलाई सार्वजनिक प्रयोगका निम्ति खुला गरेको छैन ।
महाधिवेशन हुने समयभित्र खुला गरिए मात्रै त्यहाँ उद्घाटन गरिने, अन्यथा भृकुटीमण्डपमै गरिने तयारी छ ।























