images
images
  • कांग्रेस संस्थापन गुटको छुट्टै भेला

    काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षीय नेताहरूको छुट्टै भेला बस्दैछ ।

    केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला बस्न लागेको हो ।

    भेला सोमबार नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा बस्न लागेको केन्द्रीय सदस्य गुरू बरालले जानकारी दिए ।

    ‘कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्य साथीहरू भेला हुँदैछौँ,’ उनले भने ।

    कांग्रस केन्द्रीय सदस्य नैनसिंह महरले पनि नयाँ बानेश्वरमा आफूहरू छलफल गर्न गइरहेको बताए ।

    ‘कुन टाइपमा जाने, निकास के होला भनेर छलफलमा बस्न लागेको हौँ,’ उनले भने ।

    नेता बरालले भेलाबाट १५ औं महाधिवेशनको मिति प्रस्ताव गरिने पनि बताए ।

    भेलाले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारी कालागि आह्वान गरिने उनको भनाइ छ ।

    ‘हामी अधिवेशनको मिति प्रस्ताव गर्छौं’, बरालले भने, ‘निर्वाचनमा लाग्नका लागि आह्वान गर्छौ । हामी आवधिक निर्वाचनमा विश्वास गर्ने पार्टीका कार्यकर्ता हौं । त्यसबाट भाग्न सक्दैनौँ ।’

    संस्थान पक्षीय केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन पनि माग गर्ने तयारी गरेका छन् ।

    ‘सामाजिक सञ्जालदेखि मिडियामा विशेष अधिवेशनको हौवा पिटिएको छ र विशेष माग गरेर निवेदन दर्ता गरिएको छ भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images