images
images
  • सुनको मूल्य स्थिर (मूल्यसहित)

    काठमाडौं– सोमबार अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनकै मूल्य तय गरेको हो ।

    प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुने छ ।

    अन्तर्राष्ट्रिय बजारको मूल्यमा सामान्य उतारचढाव रहेपछि यहाँ मूल्य स्थिर रहेको हो ।

    चार दिनमा सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।

    गत बिहीबार २ लाख ३६ हजार ३ सयमा सुनको कारोबार भएको थियो ।

    यसअघि असोज ३१ गते सुन हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको थियो ।

    चाँदी भने आज तोलामा ५ रुपैयाँ बढेको छ ।

    अघिल्लो दिन ३ हजार ५५ रुपैयाँ प्रतितोला रहेको चाँदी आज ३ हजार ६० रुपैयाँ कायम भएको छ ।

    चाँदीको भाउ असोज ३१ गते ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images