images
images
  • माओवादी विद्रोह, उदण्ड र खेतीपाती गर्दै संसदीय राजनीतिमा विप्लव

    काठमाडौं– लामो समय संसदीय राजनीति बाहिर रहेर वैकल्पिक राजनीतिक गतिविधि गर्दै आएका नेकपा (विप्लव समूह) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ संसदीय मार्गमा प्रवेश गर्ने तयारीमा छन् ।

    उनले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाममा दल दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

    पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने उद्देश्यले दल दर्ता गराइएको हो ।

    उनले जनताको अधिकार र निर्णयको माध्यम लोकतान्त्रिक निर्वाचन भएकाले पार्टीले त्यसमा भाग लिन लागेको बताए ।

    जेनजी आन्दोलनपछि बनेको सरकारले ठूला चुनौतीहरूको सामना गरिरहेको उल्लेख गर्दै विश्वकर्माले वर्तमान परिस्थितिमा नयाँ राजनीतिक समझदारी आवश्यक भएको बताए ।

    दल दर्ता निवेदन बुझ्दै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कानूनभित्र रहेर जनताको विश्वास जित्न आएका दललाई आयोगले स्वागत गर्ने बताए ।

    विप्लव नेतृत्वको समूहले यसअघि ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ नाममा राजनीतिक गतिविधि गर्दै आएको भए पनि यसपालि निर्वाचन प्रयोजनका लागि ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम प्रस्ताव गरिएको हो ।

    आयोगले निवेदन अध्ययन गरी आवश्यक निर्णय लिने जनाएको छ ।

    विप्लव तत्कालीन १० वर्षे माओवादी सशस्त्र संघर्षमा संलग्न थिए ।

    त्यसपछि माओवादी शान्तिवार्तामा आयो र त्यसपछि नेकपा नामक समूहमार्फत उनले केही समय उदण्ड मच्चाए ।

    अन्ततः विप्लव शान्तिवार्ता आएसँगै गाउँघरमा खेतीपाती गर्दै आएका छन् भने आज उनले दल दर्ता गरेका छन् ।

    योसँगै उनको संसदीय राजनीतिको यात्रा तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images