images
images
  • विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउँदै सरकार

    काठमाडौं– शिक्षामन्त्री महावीर पुनले अब विश्वविद्यालयका कुलपति प्रधानमन्त्री नहुने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

    सोमबार पत्रकार सम्मेलनमार्फत करिब एक महिनाको कामको विवरण सार्वजनिक गर्दै उनले सो विषयमा छलफल भइरहेको जानकारी दिए ।

    उनले भने, “कुलपति प्रधानमन्त्री हुने परम्परा परिवर्तन गर्नुपर्छ, यसबारे छलफल भइरहेको छ ।”

    तर कानुनी संशोधन आवश्यक भएको र हाल संसद् नहुँदा तत्काल त्यसको प्रक्रिया अघि बढाउन नसकिने उनले स्पष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images