दक्षिण कोरिया। गैर आवासिय नेपाली संघ दक्षिण कोरियाको ८ औं अधिबेशनको नयाँ नेतृत्वको नयनको पुर्व संघारमा आगामी निर्वाचनको लागि आर्थिक लेनदेनको तथ्य बाहिरएको छ ।
जुलाई ४ मा अधिवेशन सकेर नयाा नेतृत्वको लागी जुलाई ५ र ६ तारीक उम्मेद्वारी दर्ता गरेर जुलाई १८ तारीखका दिन निर्वाचनको मिति तय गरीरहेको गैर आवासीय नेपाली संघ दक्षिणले जनाएको छ । ८ औं कार्यकालको लागी एनआरएन कोरियाभित्र चुनावी चहलपहल भईरहेका बेला आर्थिक लेनदेनको विवाद वाहिर आएसंगै निर्वाचनको र नयाँ नेतृत्व चयन प्रकृया नै थप विवादमा तानिएकोे छ ।
निर्बाचनमा उपाध्यक्षको लागि उम्मेद्बारी दिएको ४ घण्टा नबित्दै मध्यरातमा सहमती गरौ भन्दै एकोहोरो फोन गरी सियोल क्षेत्रमा रहेका २ प्रतीद्वन्दीले उपाध्यक्षका उम्मेद्वार मनोज गौतमलाई पछाडि हटेर आफुलाई सहयोग गर्न निरन्तर दबाब दिदै आएका छन् । आफूलाई जसरीपनि निर्बिरोध निर्वाचित गराए वापत ७० लाख ओनको माग गरेको भन्दै उपाध्यक्ष प्रत्यासी उम्मेद्धार गौतमले सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेका छ्न ।
मित्रहरुले आफ्नो असली अनुहार देखाऊने रहेछन ।
तिमिहरुलाई ७० लाख ओन दिनु भन्दा मजदुरको लागी आपतकालीन राहत कोषमा जम्मा गरि मेरो उम्मेद्वारी फिर्ता लिएर अरु सामान्य मजदुर जस्तै सोची दोंदेमुनमा मा रहि हालीमुहाली गरेको र तिमिहरुको कोरियाको सपना र भबिष्यनै अन्त्य गरिदिने म संग खुबी छ । म संग तैले प्रत्यासी पद को लागी पैसा माग्नु भनेको हजारौ कोरीया बासी नेपालीको मुद्दा माथी प्रहार हो याद राख मैले तिमिहरुको कर्तुत बाहिर ल्याउनु पुर्ब केही कानुनी बाटो रोजदैछु। त्योभन्दा पहिले गल्ती लाई गल्ती स्वीकार्दै म संग लीखित माफि माग नत्र तेरो सम्पुर्ण रेकर्ड बाहिर ल्याई कानुनी बाटो अपनाउनुको साथै तेरो कोरीयाको सम्पुर्ण गतिबिधीमा गहिरो चोट पुर्याउने छु ।
उनले भनेका छन् आफू संग प्रमाण रहेको र आबस्यक परे सार्वजनिक समेत गर्ने बताउदै गलत पात्र र प्रवृत्तिलाई एनआरए कोरियाभित्र ल्याउनु सबै कोरियाबासी श्रमिकहरुमाथी कुठाराघात गर्नु सरह रहेको बताउदै कोरियासासी सबैले सक्षम र इमानदार र श्रमिकमैत्री नेतृत्वलाई बिजय गराउछ भन्नेमा आफु पुर्ण विस्वास रहेको बताए ।
गौतमले नेपाली मुलका केरीयन नागरीक हुन भने उहाँले लामो समयदेखी नेपालीको बिभिन्न समस्यामा साथ दिदै आएका छन् । शनिबार आईतबार ब्यापारमा ब्यस्त भएपनी सोमबारदेखी शुक्रबारसम्म दुःख समस्या र अप्ठ्यारोमा परेका नेपालीको सहयोग उद्दार र समस्या समाधानमै ब्यस्त हुन्छन् ।
उनले भनेका छन् म जस्तो सक्षम निडर र कानुन सम्बन्धी जानकारलाई त यस्तो धम्की शैलीमा आर्थिक डिमाण्ड गर्छन भने अन्य नेपालीलाई कती पीडित बनाएका होलान? कती ठगिएका होलान त्यसैले यस्ता समाजका किरा भाईरस हरुलाई समयमानै पहिचान गरी सामाजिक बहिस्कार गर्नु पर्ने तर्क गरे ।
उनले प्रतिद्वन्दिलाई लिखित रुपमा आफुले गरेको गल्तीलाई गल्ती स्विकार्दै माफीमागे एकपटकलाई माफ दिने नत्र अडियो रेकड सावैजानिक गर्ने बताए । अल्ती भएरको भनेर माफि नमागे आबस्यक प्रमाणसहित केश दर्ता गरेर कानुनी कदम चाल्ने प्रष्ट पारे ।


विश्व खबर 



















