काठमाडौं– सरकारले अस्थायी र करार कर्मचारी नराख्ने निर्णय गरे पनि यो व्यवस्था करार शिक्षकमा लागू नहुने भएको छ ।
अर्थ मन्त्रालयको असोज ७ गते जारी मितव्ययिता सम्बन्धी विज्ञप्तिमा स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करार कर्मचारी नियुक्ति निषेध गरिएको थियो ।
तर शिक्षा मन्त्रालयले स्थानीय तह र विद्यालयको प्रश्नपछि स्पष्ट पारेको छ कि उक्त प्रावधान शिक्षकको हकमा लागू हुँदैन ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र पठाउँदै यो व्यवस्था करार शिक्षकमा नपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















