images
images
  • माओवादी बैठक : प्रचण्डको पक्षमा प्रदेशका सबै कमाण्डर एक, श्रेष्ठ, शर्मा र कार्की मात्रै विपक्षमा

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा समूहगत धारणा राख्ने चरण सकिएको छ ।

    अब बाँकी पदाधिकारीले बोलिसकेपछि अध्यक्ष प्रचण्डले जवाफ दिएर बैठक टुंग्याउने तयारी भएको छ ।

    कोशीका अजम्बर काङमाङ, मधेशका मातृका यादव, बागमतीका सरल सहयात्री, गण्डकीका हरि अधिकारी, लुम्बिनीका सुदर्शन बराल, कर्णालीका महेन्द्र शाही, सुदूरपश्चिमका हरि ज्ञवाली ‘अखण्ड’, उपत्यकाबाट जगत सिम्खडा, सम्पर्क विशेष प्रदेशबाट यशोदा सुवेदी र प्रवास तथा आयोगतर्फबाट आरबी खड्काले समूहगत धारणा राखेका थिए ।

    यी सबै प्रचण्ड निकट नेताले उनको प्रस्तावको समर्थन गर्दै मंसिरमा विशेष महाधिवेशन, केन्द्रीय कमिटी विघटन र प्रचण्ड नेतृत्वमा आयोजक समिति गठन गर्नुपर्ने मत राखे ।

    उनीहरूको भनाइ थियो, पार्टी मात्र होइन नेतृत्वसमेत रूपान्तरण हुनुपर्छ, दोष केवल अध्यक्षलाई मात्रै दिन मिल्दैन ।

    एक नेताका अनुसार करिब ९५ प्रतिशत सदस्य प्रचण्डको प्रस्तावमा उभिएका छन् ।

    वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावमा भने केही समर्थन देखिए पनि आलोचना बढी भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images