काठमाडौं– अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले प्रदेश खारेज गर्ने एजेन्डा सरकारले अघि नबढाएको स्पष्ट पारेका छन् ।
बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले संविधानअनुसार बनेको वर्तमान सरकारका लागि प्रदेश खारेज तत्काल प्राथमिकता नभएको बताए ।
उनले पाँच सय र हजारका नोट बन्दी गर्नेबारे पनि अहिलेसम्म कुनै छलफल नभएको उल्लेख गरे ।
‘नयाँ सरकार बनेसँगै नोट बन्दीको हल्ला चलेको छ, तर त्यस्तो विषयमाथि छलफल नै भएको छैन,’ मन्त्री खनालले भने ।

यसैगरी, भारतले घटाएको जिएसटीको असर नेपालमा पर्न सक्ने सम्भावना रहेकाले उद्योग–व्यवसायलाई प्रभावित नगर्ने उपायबारे अध्ययन भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्























