काठमाडौं– जेन–जी आन्दोलनका कारण बन्द भएका शैक्षिक संस्था आइतबारदेखि खुलेका छन् ।
सामुदायिक र निजी दुवै विद्यालय खुलेको जानकारी प्राप्त भएको छ ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, “आज शिक्षक कर्मचारीले विद्यालय सरसफाइ गरेका छन् । भोलिदेखि नियमित पठनपाठन सुरु हुनेछ ।”
काठमाडौं महानगरपालिकाले पनि विद्यालय खोल्ने र भोलिदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।
निजी विद्यालय सञ्चालकहरूले पनि विद्यालय खुलाएको जनाएका छन् ।
प्याब्सनका पूर्व अध्यक्ष डिके ढुंगानाका अनुसार स्थानीय तहसँग समन्वय गरी सहज भएका स्थानमा आजदेखि क्रमशः विद्यालय खोलिएको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















