काठमाडौं- मुलुकभरको असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी दिनहरूमा कक्षा बन्द गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयले असोज २६, ३० र ३१ गतेका साथै कार्तिक १, २ र ५ गते सम्पूर्ण पाठ्यक्रमसम्बन्धी गतिविधि स्थगित गर्ने घोषणा गरेको हो ।
त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले जारी गरेको अत्यन्त जरुरी सूचनामा भनिएको छ, नियमित पढाइ–पढाइ कार्य कार्तिक ११ गतेदेखि मात्र सञ्चालन हुनेछ ।
यसअघि तोकिएका मितिहरूमा कक्षा बन्द हुने भएपछि विद्यार्थी र शिक्षकलाई सोही अनुसार जानकारी लिइ कार्य गर्न सूचित गरिएको छ ।
अब त्रिविका सबै संकाय तथा आंगिक क्याम्पसहरूमा पठन–पाठन कार्तिक ११ गतेदेखि मात्र सुचारु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















