images
images
  • भारतीय अभिनेता दिलीप कुमारको निधन

    एजेन्सी । भारतीय अभिनेता दिलीपकुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा मुम्बइको खार हिन्दुजा अस्पतालमा उनको निधन भएको हो ।

    दिलीप कुमार लामो समयदेखि बिमारी थिए । पछिल्लो समय उनलाई श्वास फेर्न निकै गाह्रो हुने गरेको थियो । उनलाई विभिन्न अस्पतालमा राखेर उपचार गरिएको थियो । उनलाई भारतमा ट्रेजेडी किंगको नामले समेत चिनिन्छ ।

    दिलीपकुमारले २२ वर्षको उमेरमा ज्वार भाटा नामक पहिलो फिल्म खेलेका थिए । उनले ६० भन्दा बढी फिल्म खेलेका छन् ।

    दिलीपकुमारले मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नया दौर, मुगल(ए(आजम, गंगा(जमुना, राम और श्याम, कर्मा जस्ता चर्चित फिल्ममा अभिनय गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images