images
images
  • युरोकप फुटबलः फाइनल प्रवेशका लागि आज इंग्ल्यान्ड र डेनमार्क भिड्दै

    काठमाडौँ । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज राति हुँदैछ । वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने छन् ।

    इंग्ल्यान्ड र डेनमार्कबीचको खेल नेपाली समयअनुसार राति १२: ४५ बजे हुनेछ । उक्त खेलको विजेता टोली उपाधिका लागि इटालीसँग भिड्नेछ ।

    इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४(२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

    इंग्ल्यान्डले क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको स्थान बनाएको थियो ।

    डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images