images
images
  • उपनिर्वाचनको मुखैमा प्रचण्ड रूपन्देहीमा

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार रूपन्देही पुगेका छन् ।

    माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुदर्शन बरालका अनुसार प्रचण्डले बिहान १० बजे बुटवलस्थित शहीद स्मृति प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा स्व.रामप्रसाद बन्जाडे ‘टङ्कमणि’को सालिक अनावरण गरेका छन् ।

    सोही समारोहमा ‘टङ्कमणि : एक क्रान्तिविज’ नामक पुस्तकको विमोचनसमेत प्रचण्डको हातबाट भएको छ ।

    माओवादी पार्टीको भूमिगत समयदेखि सक्रिय रहेका बन्जाडे सशस्त्र जनयुद्धका प्रारम्भदेखि नै रूपन्देहीमा अग्रणी नेताका रूपमा चिनिएका थिए ।

    २०७८ मङ्सिर ८ गते सडक दुर्घटनामा परी ५५ वर्षको उमेरमा निधन भएका उनी पार्टीका केन्द्रीय सदस्यसँगै लामो समय रूपन्देही इन्चार्जको जिम्मेवारीमा रहेका थिए ।

    उनको योगदानको स्मरणमा शहीद स्मृति प्रतिष्ठान परिसरमा सालिक निर्माण गरिएको हो ।

    यसपछि प्रचण्डले माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीको बैठकमा समेत सहभागी हुने कार्यक्रम रहेको अध्यक्ष बरालले जानकारी दिए ।

    यसका साथै उनी उपन्देही–३ मा हुने उपनिर्वाचन केन्द्रित हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images