images
images
  • रूपन्देही–३ को उपनिर्वाचनमा पुनः बाजी मार्न राप्रपाका ४ आकांक्षी एकमत, सहमतिपत्रमा हस्ताक्षर

    काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–३ उपनिर्वाचनको उम्मेदवार छनोटको अन्तिम तयारीमा छ ।

    पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले स्थानीय कमिटीबाट सिफारिस भएका चार आकांक्षीलाई काठमाडौं बोलाएर छलफल गरेका छन् ।

    रुपन्देही–३ क्षेत्र राप्रपाका दिवंगत नेता दीपक बोहराले जितेको निर्वाचन क्षेत्र हो ।

    यसपालि पार्टी एक्लै चुनाव लड्ने भएकाले उम्मेदवार छनोटमा विशेष सावधानी अपनाइएको छ ।

    बोहराको परिवारबाट दुई छोरा गौरव र प्रज्ज्वल बोहरा र नातिनी स्वाती थापा उम्मेदवार बन्ने आकांक्षी छन् ।

    बसन्त विक्रम शाहीको नाम पनि सिफारिसमा छ ।

    अध्यक्ष लिङदेनले चारै जनासँग सामूहिक छलफल गरी पार्टीलाई समर्थन गर्ने लिखित प्रतिबद्धता सुनिश्चित गराएका छन् ।

    पार्टी स्रोत अनुसार उम्मेदवारको चुनाव परिवारभित्रबाट हुनेछ र गौरव वा प्रज्ज्वललाई अघि सारिने सम्भावना बढी छ ।

    गौरव बुद्ध एयरमा क्याप्टेन रहेका पाइलट हुन् भने प्रज्ज्वल आइटी इन्जिनियर हुन् र पार्टीमा सक्रिय छन् ।

    नातिनी स्वाती थापाले सामाजिक र पार्टी गतिविधिमा सक्रियता देखाउँदै आएकी छन् ।

    बोहराका दुई छोरामध्ये एकलाई रास्वपा पनि उम्मेदवार बनाउने प्रयास गरेको थियो ।

    तर, गौरवसँगको छलफल सफल भएन ।

    रास्वपा हाल प्राइमरी इलेक्सन प्रक्रियामा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images