images
images
  • थानकोटमा तीन जना मिलेर युवकको हत्या, आरोपी पक्राउ

    काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा ३ जना मिलेर २० वर्षीय युवकको हत्या गरेका छन् । हत्यामा संलग्न तीन जनालाई २४ घण्टाभित्र पक्राउ गर्न प्रहरी सफल भएको छ ।

    आइतबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका–२ घर भएका जितेन्द्र शाहको हत्या भएको थियो ।

    हत्यामा संलग्न ३६ वर्षीय सोमलाल गोपाली, मकवानपुरको दामन घर भएका २५ वर्षीय मनोज दोङ र साहिल गोपाललाई प्रहरीले पक्राउ गरेको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौँले पत्रकार सम्मेलन गरेर हत्याबारे जानकारी गराएको छ । ‘धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने–‘३ जना मिलेर घाँटी र ढाडमा चक्कु प्रहार गरेको खुलेको छ ।’

    चक्कु प्रहारबाट गम्भीर घाइते भएका शाहको उपचारको क्रममा असार २१ मा ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।​ आरोपीहरूलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर महानगरीय प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images