images
images
  • रूपन्देही–३ को उपनिर्वाचनमा समाजवादी मोर्चामा आवद्ध दलहरू एक्लाएक्लै भिड्ने तयारी

    काठमाडौं– उपनिर्वाचनका लागि रूपन्देही–३ मा वाम गठबन्धनको रणनीति अनिश्चित बनेको छ ।

    २०८० सालमा गठन भएको समाजवादी मोर्चा एक्लै चुनाव लड्ने कि गठबन्धन बनाएर जाने भन्ने निर्णय केन्द्रबाट नआए पनि मोर्चामा रहेका दलहरूले आ–आफ्नो तयारी सुरु गरिसकेका छन् ।

    मोर्चामा नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छन् ।

    तर, नेपाल समाजवादी पार्टी अझै रूपन्देहीमा विस्तार हुन सकेको छैन ।

    माओवादी नेता शरद वलीका अनुसार केन्द्रको निर्णय कुर्दै गर्दा जिल्लामा दलहरूले आफ्नै उम्मेदवार तय गर्ने तयारी गरिरहेका छन् ।

    माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पनि पार्टी आन्तरिक रूपमा उम्मेदवार छनोटको तयारीमा रहेको बताए ।

    माओवादीबाट सोनिया यादव, हकिउल्लाह खाँ, मनिष कुमार जोशी, फैजअहमत खाँ र वीरबहादुर रोक्का लगायतका नेताहरूको नाम उठेको छ ।

    एकीकृत समाजवादीका नेता अभिराम विकले केन्द्रले टिकट दिने निर्णय गरेमा महासचिव घनश्याम भुसाल उम्मेदवार बन्न सक्ने बताए ।

    अन्य नेताहरू कमल भण्डारी, थानेश्वर खरेल, आशा चौधरी र विकm पनि दौडमा छन् ।

    निर्वाचन आयोगले राप्रपा सांसद दीपक बोहराको निधनपछि कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

    यसका लागि २६ वटा दल दर्ता भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images