images
images
  • दीपक मनाङे पदमुक्त भएसँगै मनाङ ‘ख’ मा आसन्न कात्तिक १७ गते उपचुनाव हुने

    काठमाडौं– निर्वाचन आयोगले गण्डकी प्रदेशको मनाङ प्रदेश सभा–२ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने जनाएको छ ।

    सर्वोच्च अदालतले निर्वाचित सांसद दीपक मनाङे (राजीव गुरुङ)को पदमुक्तसम्बन्धी फैसलाको पूर्णपाठ ढिलाइ हुँदा आयोग अन्योलमा परेको थियो ।

    त्यसै कारण रुपन्देही–३ को उपनिर्वाचन मिति तोके पनि मनाङको मिति तोकिएको थिएन ।

    अब पूर्णपाठ सार्वजनिक भएपछि आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनाङ–२ मा पनि रुपन्देही–३ सँगै कात्तिक १७ मै निर्वाचन हुने स्पष्ट पारे ।

    उनका अनुसार दल दर्ता लगायतका प्रक्रिया छोट्याएर अघि बढाइनेछ ।

    यसअघि आयोगले रुपन्देही–३ का लागि दल दर्ता र निर्वाचन चिह्न प्रदान गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images