images
images
  • च्यासलमा उछितो काट्ने ओलीलाई भंगालबाट विद्याको चेतावनी : नेता–कार्यकर्ता आतंकित नपार्नु, सह्य हुँदैन

    काठमाडौं– नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे तीव्र बहस चलिरहेका बेला भण्डारीले आफू पछि नहट्ने स्पष्ट संकेत गरेकी छिन् ।

    आज (मंगलबार) भण्डारी निवास बूढानीलकण्ठको भंगालमा पुगेका सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको पुष्ट्याउँदै अब कुनै हालतमा पछि नहट्ने बताइन् ।

    ‘म सक्रिय राजनीतिमा आइसकेकी छु, अब पछि हट्ने कुरा छैन,’ भण्डारीनिकट स्रोतले उनको भनाइ उद्धृत गर्दै जानकारी दिएको छ ।

    उनले हाल एमाले कार्यकर्ताहरूलाई भयभित पार्ने प्रयास भइरहेको भन्दै त्यसप्रति असन्तुष्टि पनि जनाएकी छन् ।

    ‘कार्यकर्तामाथि जसरी आतङ्क सिर्जना गर्ने काम भइरहेको छ, त्यो स्वीकार्य छैन,’ स्रोतमार्फत उनले टिप्पणी गरिन् ।

    प्रतिक्रिया दिनुहोस्

    images