images
images
  • एमाले केन्द्रीय कमिटी बैठक : विद्या भण्डारीको पक्षमा बोल्दा ओली रिसले चुर, वक्ता रातोपिरो

    काठमाडौं– नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

    मंगलबारको बैठकमा कोशी प्रदेशका १९ जना सदस्यहरूले आ–आफ्ना धारणा व्यक्त गरेका हुन् ।

    बैठकमा युवराज बास्कोटाले भूगोलको जिम्मेवारी लिएका नेताहरू काठमाडौंमै सीमित हुँदा जनसम्पर्क कमजोर भएको भन्दै आलोचना गरे ।

    उनले जनप्रतिनिधि निजामती हाकिमजस्तो बन्दै गएको भन्दै आचरण सुधार्न पार्टीले नीति ल्याउनुपर्ने बताए ।

    बास्कोटाले एमालेलाई राष्ट्रिय शक्ति बनाउने भनिए पनि निषेधको संस्कार मौलाउँदै गएकोले ‘मिशन ०८४’ प्रभावित हुने चिन्ता व्यक्त गरे ।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति भइरहेको आलोचनाप्रति असन्तुष्टि जनाउँदै उनले सदस्यता नवीकरण गरेको भरमा कोकोहोलो मच्चाउनु राजनीतिक मर्यादा विपरीत भएको बताए ।

    रामलाल शाह, दीपक कार्की, रेनुका काफ्ले, नैनकला ओझा लगायतले पनि भण्डारीमाथिको आलोचना असान्दर्भिक रहेको बताए ।

    तर, जीवन घिमिरेले भने राष्ट्रप्रमुख भइसकेको व्यक्तिले फेरि राजनीतिमा फर्किनु उचित नहुने बताए ।

    मञ्जु भण्डारीले अतीतको सहयोगी सम्बन्ध सम्झाउँदै वर्तमान विवाद पनि आपसी समझदारीमा समाधान हुनुपर्ने धारणा राखिन् ।

    बैठकमा बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको धारणा राख्ने क्रम चलिरहेको छ ।

    पार्वती रावल, नविना लामा, कैलाश ढुंगेल लगायतले विद्यादेवी भण्डारीमाथिको आक्रमण उचित नरहेको जनाएका छन् ।

    सकेसम्मको सुझाव संकलनपछि विधान संशोधन गरेर मातहतका कमिटीमा पठाउने तयारी रहेको एमाले स्रोतले जनाएको छ ।

    बैठकमा विद्याको पक्षमा बोलेको देखेर ओली रिसले चुर भएको देख्न सकिन्छ भने बोल्ने वक्ता (केन्द्रीय सदस्य) उनको रिस देखेर रातोपिरो हुने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images