images
images
  • यी तीन राजमार्गमा पहिरो, सवारी आउजाउ पूर्ण अवरुद्ध

    काठमाडौं । देशका विभिन्न तीन स्थानमा सडक अवरुद्ध भएको छ । बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

    रानी विराटनगर–इटहरी–धरान–धनकुटा–हिले तथा लेघुवाघाट तुम्लिंटार–खाँदवारी–नुम–किमाथांका (कोसी राजमार्ग) अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
    केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम, गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला (मेची राजमार्ग) अवरुद्ध भएको छ ।

    कोइलावास–लमही तथा अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाँऊ–थवाङ लुकुम (सहिद मार्ग)मा सवारी आवागमा अवरुद्ध भएको छ ।

    हाल देशभर ९८ स्थानमा सडक एकतर्फी मात्रै सञ्चालनमा छन् । १०४ वटा सडक दुईतर्फी नै सञ्चालनमा रहेको विभागले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images