images
images
  • फ्रान्सलाई हराउँदै जर्मनी महिला युरो कपको सेमिफाइनलमा

    काठमाडौं : खेलको १३औं मिनेटमा १० खेलाडीमा सीमित बनेको जर्मनीले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युरो २०२५ को सेमिफाइनलमा प्रवेश गरेको छ।

    आठ पटकको च्याम्पियन जर्मनीकी खेलाडी क्याथरिन हेन्ड्रिकले फ्रान्सकी कप्तान ग्रिज मोबोकको कपाल तानेपछि रातो कार्ड खाँदै मैदान छाडेकी थिइन्।

    त्यसपछि जर्मनी १० खेलाडीमा समेटिएको थियो। खेलको १५औँ मिनेटमा जर्मनीले पेनाल्टीमार्फत् गोल गर्दै अग्रता दिलायो। त्यसको १० मिनेटमा फ्रान्सले बराबरी गोल फर्कायो।

    त्यसपछि दुवै तर्फबाट कुनै गोल हुन सकेन। र खेलको निरणय पेनाल्टी सुटआउटबाट लिइएको थियो। जर्मनीकी गोलकिपर एन–क्याट्रिन बर्जरले एलिस सोम्बाथको पेनाल्टीको बचाउ गर्दै ६–५ को जित दिलाएकी हुन्।

    सेमिफाइनलमा शुक्रबार राति भएको खेलमा आयोजक स्विट्जरल्याण्डलाई २–० गोलअन्तरले पराजित गरेको स्पेनले सेमिफाइनलमा जर्मनीको सामना गर्दैछ।

    पहिलो सेमिफाइनलमा आगामी बुधबार इटाली र इङ्ल्याण्ड भिड्नेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images